सिरहा। सिरहाबाट लागुऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेको छ ।>
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका-५ का १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णा कुमार यादव रहेको छन् ।
>
प्रहरीले उनीहरुको साथबाट एक ग्राम ७२ मिलग्राम ब्राउनसुगर बरामद गरेको सिरहा प्रहरीले जनाएको छ ।
>
बुधबार अपराह्न्न साढे ४ बजेको समयमा सिराहा नगरपालिका-१७ माडर बसपार्कबाट इलाका प्रहरी कार्यालय माडरको टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
>
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
>>