वर्षाका कारण रोकियो नेपाल र बहराइनबीचको खेल

Jasus Khabar 3945+ समाचार ( )
२ जेठ २०८२

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल वर्षाका कारण रोकिएको छ। थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा बहराइनले ब्याटिङ गरिरहँदा वर्षाले रोकिएको हो।

टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाउँदा खेल स्थगित भएको छ। वर्षाका कारण रोकिएको खेल कतिबेला सञ्चाल हुने भन्ने तय भएको छैन। प्रतियोगिताको समूह ‘सी’ मा नेपालसहित बहराइन र हङकङ रहेका छन्।

आजको खेलमा सुपर थ्रीमा प्रवेश गर्न नेपाललाई जित्नैपर्ने दबाब रहेको छ। तीन समूहमा ३-३ टिम रहेका छन्।

हरेक समूहको शीर्ष स्थानमा हरने टिमले सुपर थ्रीमा स्थान बनाउने छन्। यसअघि नै नेपाल हङकङसँग पराजित भएकाले सुपर थ्रीमा पुग्ने आशा कायम राख्न पनि बहराइनलाई हराउनु पर्ने दबाबमा रहेको छ।

प्रतिक्रिया