भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
२३ श्रावण २०८२

बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौंका ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।

हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।

राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए । लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि खराब मौसमका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया