राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Jasus Khabar 3958+ समाचार ( )
८ अशोज २०८२

 राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाकाबारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच पनि भेटवार्ता भएको थियो। भेटमा बालेनले अब सरकार जेन-जीको मागअनुसार अगाडि बढ्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए।

प्रतिक्रिया