१) मुक्तक>
विशाल महलभन्दा खुला आकाश मेरो छानो होस्>
हृदय अनन्त छँदैछ नि मेरा लागि खुशी सानो होस्>
चाहिंदैन सम्हाल्नै नसक्ने सुख र सम्पन्नता मलाई,>
रुझ्नु नपरोस् कहिल्यै परेलीले सधैं ओभानो होस्।>
२) मुक्तक>
संस्कार मान्नु देखावटी, राम्रो व्यवहार सभ्यता>
आमाले देखाएको बाटो नै हो हाम्रो सफलता>
बयान गरेर सकिन्न शब्दै छैन आमा आफैं पूर्ण,>
माया आदर गर्नु, अपमान घृणा नगर्नु महानता।>
३) मुक्तक>
यो मायामा आघात भएको कुरा भन्नुपर्ने भयो>
सम्बन्ध वारपार प्रगाढ भएको कुरा भन्नुपर्ने भयो>
उनी सधैं लुकाउन चाहन्छिन् म सार्वजनिक गर्न,>
बिचमा तगारो समाज भएको कुरा भन्नुपर्ने भयो।>
४) मुक्तक>
तिमी त हृदयमा बसेकी छ्यौ मन दिएको छु>
आँट गर तिमीलाई चाहिंदो वजन दिएको छु>
सित्तैमा कसैलाई पनि केही नदिनु भन्छन्>
मैले चाहिं मायाको बदला जीवन दिएको छु।>
५) मुक्तक>
नरिसाएको मान्छेलाई के भनेर फकाउनु हँ!>
नभेटी त कुन उपायले आफ्नो बनाउनु हँ!>
भेटिएपछि नछुट्टिने कसम खाएको छु मैले,>
नलगाई सिंदुर अँगालोमा कसरी सजाउनु हँ!>
६) मुक्तक>
दुनियाँमा म एउटा यस्तो भगवान् खोज्दैछु>
तिमी त के हो र धोकेवाजमा जवान खोज्दैछु>
मानवता भन्ने उसँग पनि त हुँदो हो अलिकति,>
त्यो निष्ठुरी प्रेमिकाको कठोर आह्वान खोज्दैछु।>
७) मुक्तक>
उसलाई दुःख, पीडा अभावले खरानी बनायो>
मेरो भने तिनै कुराले सुन्दर जिन्दगानी बनायो>
जो मेरो रिस, डाह गरेर बसिरह्यो सधैंभरि त्यहाँ,>
परिश्रम गरिरहेँ मैले त्यसै वाह जवानी बनायो।>
८) मुक्तक>
यहाँ अचेल आगोले पोल्दैन मायाले पोल्छ>
आफ्ना मान्छेहरू बोल्दैनन् तस्वीर बोल्छ>
मनमा जति उकुसमुकुस भए पनि कुराहरू,>
मुखबाट आवाजले खोल्दैनन् रिसले खोल्छ।>
९) मुक्तक>
मेरो मायालाई जति तड्पाउँछौ त्यति रुवाउँछ>
तिम्रो निर्दयतालाई त्यही मायाले सधैं सताउँछ>
साँचो मायाँ साँचो नै हुन्छ बुझी राख आफ्नो मान्छे,>
धेरै समयपछि पनि फर्किन्छ र आफ्नो बनाउँछ।>
१०) मुक्तक>
सत्य लुक्दै गल्ती देखिन्छ कसरी नमान्नु >
आफ्नैको छ कसूर शत्रुको के दोष ठान्नु>
पशुले त कतिबेला उम्किएर बिगार गर्छ,>
>
मान्छेको छलकपट कहाँ हुन्छ के जान्नु।>>