इच्छा विपरीत होलीमा रंङ लगाए सुनसरी प्रशासनले कार्वाही गर्ने

Jasus Khabar 3958+ समाचार ( )
होली पर्व मर्यादापुर्वक मनाउन सुनसरी प्रशासनको आग्रह
२८ फाल्गुन २०८१

अजमल अन्सारी

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले होली पर्वमा इच्छा विपरीत कसैलाई रंग लगाए कार्वाही गर्ने चेतावनी दिएका छन् । नजिकिदै गएको रङको पर्व फागु पुर्णिमा (होली) पर्व मर्यादापुर्वक मनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेका छन् ।


जिल्ला प्रशासन सुनसरीले बुधबार एक सूचना जारी गर्दै रङको पर्व फागु पुर्णिमा (होली) पर्वको जिल्ला बासीहरुमा शुभकामना व्यक्त गर्दै मर्यादापुर्वक शान्त वातावरणमा पर्व मनाउन आग्रह गरेका हुन् ।


पहाडी जिल्लामा बिहिवार होली मनाइँदैछ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले फागु पर्वका अवसरमा अराजक गतिविधि गर्नेलाई कानुन बमोजिम कार्वाही गरिने बताएका छन् ।


चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जिस्काउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनैपनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न र नगराउन आव्हान गरेका छन् ।


जिल्ला प्रशासन सुनसरीले होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मुल्य मान्यतामा आँच आउने क्रियाकलाप नगर्न सचेत गराइएको छ। प्रशासनले जारी गरेको नियमबाहेक वा यस्ता अवाञ्छित क्रियाकलाप गर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने चेतावनी दिएका छन् । 


प्रतिक्रिया