देशको अवस्था र परिस्थिति हेरेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ : गुलाब अन्सारी

Jasus Khabar 3945+ समाचार ( )
८ माघ २०८२

मोहसिम अंसारी सुनसरी 

सुनसरी । देशमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता, जनताको बढ्दो निराशा र सुशासनप्रतिको अपेक्षालाई ध्यानमा राख्दै सुनसरी क्षेत्र नं–४ बाट गुलाब अन्सारीले स्वतन्त्र उम्मेदवारी दिएको घोषणा गरेका छन्। उनले परम्परागत दलगत राजनीति जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको आरोप लगाउँदै स्वतन्त्र रूपमा जनताको बीचमा जानु नै उपयुक्त ठानेको बताएका छन्।

स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै अन्सारीले भने, “देशको अवस्था र परिस्थिति हेर्दा जनताको आवाज संसदसम्म पुग्न सकेको छैन। दलका आन्तरिक स्वार्थ, गुटबन्दी र पदलोलुपताले जनताको मुद्दा ओझेलमा परेको छ। यही कारणले म स्वतन्त्र उम्मेदवारी लिएर जनताको प्रतिनिधित्व गर्न अगाडि आएको हुँ।”

उनका अनुसार सुनसरी क्षेत्र नं–४ मा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र आधारभूत पूर्वाधारको विकास अझै पनि सन्तोषजनक छैन। युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन् भने किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। यी समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न स्वतन्त्र उम्मेदवारको हैसियतले निष्पक्ष र निर्भीक रूपमा आवाज उठाउने उनको भनाइ छ।

गुलाब अन्सारीले आफू कुनै दलको दबाब वा निर्देशनमा नचल्ने स्पष्ट पार्दै जनताप्रति मात्र उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गरेका छन्। “मेरो राजनीति सेवा र इमानदारीमा आधारित हुनेछ। चुनाव जितेपछि होइन, चुनावअघि नै जनताको बीचमा बसेर काम गर्ने मेरो उद्देश्य हो,” उनले भने।

उनले भ्रष्टाचार नियन्त्रण, पारदर्शी प्रशासन, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। विशेष गरी पिछडिएका वर्ग, अल्पसंख्यक समुदाय, महिला र युवाको हकहितका लागि निरन्तर संघर्ष गर्ने उनले प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित समाचार