विराटनगर- सुनसरीको इटहरीस्थित यातायात ब्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्रको भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने भएको छ ।>
सोमबार कार्यालयमा अनलाइन भुक्तानी सेवाका उद्घाटन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले अनलाइनमार्फत रकम भुक्तानी सुरु गरिएपछि सेवाग्राहीमा सहजता हुने विश्वास ब्यक्त गरे।>
>
सवारी चालक अनुमति पत्रको नवीकरणदेखि अन्य शुल्क भुक्तानी अनलाइनबाट हुने भएपछि सेवाग्रहीले विगतमा भोग्दै आएको समस्या हल हुने मन्त्री भण्डारीले बताए ।>
यस सेवा अनुसार सेवाग्राहीले अब रकम भुक्तानीका लागि मोबाइल, ल्यापट र कम्पयुटर चलाउँदै घरबाटै गर्न सक्ने उनको भनाई छ । सेवा सुरु भएसंगै सेवाग्राहीले नयाँ लाइसेन्सको आवदेन, नवीकरणदेखि विभिन्न कर तिर्न सहज भएको कार्यालयले जनाएको छ ।>
कार्यालयका अनुसार सवारीचालक अनुमति पत्रका लागि मन्त्रालयमा सूचीकृत भएका चिकित्सकसँग जाँच गरेपछि चिकित्सकले सोही समय अनलाइनमार्फत रेकर्ड समाविष्ट गर्ने र अर्कोदिन अनलाइनमार्फत नै भुक्तानी बिल लिन सकिने छ ।>
त्यसैगरी, कार्यालयले आगामी साउनबाट भने प्रदेशमै सवारी अनुमति पत्रको छपाइ सुरु भएपछि सो पत्र लिनमात्रै कार्यालय पुग्नुपर्नेछ ।>
यातायात व्यवस्था कार्यालय कोशीअन्तर्गत मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, उदयपुर र ओखलढुंगा गरी सात जिल्लाका ८ स्थानमा रहेका कार्यालयबाट सेवा प्रवाह हुने गरेको छ ।>>