भारत–पाकिस्तान युद्धविरामपछि कश्मीरमा चहलपहल

Jasus Khabar 3925+ समाचार ( )
३० वैशाख २०८२

भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेपछि भारत प्रशासित कश्मीरका बासिन्दाहरूले राहत महसुस गरेका छन् ।

आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले चार दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए ।

शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेष गरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसुस गरेका छन् ।

दुई हप्ताभन्दा बढी समयदेखि तनावमा बिताएका स्थानीयहरू आफ्नो नियमित जीवनमा फर्किरहेका छन् । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरका बजार र पसलहरू थप तनाव बढ्ने डर घटेपछि खुल्न थालेका छन् ।

‘यहाँ कश्मीरमा वातावरण तनावपूर्ण छ, र व्यापार ठप्प भएको छ । त्यसैले अब आशा छ कि अवस्था राम्रो हुनेछ,’ एक बासिन्दा आसिफ शफिकले भने ।

बुधबार नयाँ दिल्लीले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर भित्र घातक हवाई हमला गरेपछि दुई देशहरू बीच लडाईं सुरु भएको थियो ।

श्रीनगरबाट लगभग ८९ किलोमिटर पूर्वमा रहेको पहलगाममा गत महिना बन्दुकधारीहरूले २६ जनाको हत्या गरेको बदला लिन हवाई हमला गरिएको थियो ।

भारतले पाकिस्तानलाई बन्दुकधारीहरूलाई सहयोग गरेको आरोप लगाएको तर आरोप पाकिस्तानले अस्वीकार गर्दै आइरहेको छ । एजेन्सी

प्रतिक्रिया