डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । >
काठमाडौं कालीमाटीका २४ वर्षीय एक युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । यस वर्ष नेपालमा डेंगु संक्रमणबाट मृत्यु भएको यो पहिलो केश हो ।>
टेकुमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य रहेको डा. समिर अधिकारीले जानकारी दिए । गत पुषदेखि हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ९ सय ८४ पुगेको छ ।>
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडिका अनुसार २४ घण्टामा थप २१ जना नयाँ संक्रमित थपिएका छन् भने एक सातामा १ सय ६८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । >
देशका ७४ वटा जिल्लामा फैलिएको डेंगी सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८२ जनामा देखिएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा ५५ जनामा देखिएको इडिसिडीले जनाएको छ ।>
>>>