सरकारले कुटनीतिक क्षमता प्रभावकारी बनाउनु पर्ने बेला आएको छ : नेता महर

Jasus Khabar 3958+ समाचार ( )
२४ वैशाख २०८२

 नेपाली कांग्रेस नेता नैनसिंह महरले नेपाल सरकारले कुटनीतिक क्षमता प्रभावकारी बनाउनु पर्ने बेला आएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्।

‘हाम्रो छिमेकी मित्र राष्ट्र भारतको कस्मिरमा एक जना नेपालीसमेत गरी २६ जना निहत्था आतंककारीको शिकार हुन पुगे। भारत आतंकवादबाट बढी प्रभावित छ। आतंकवाद दुनियाका लागि कलंक पनि हो। नेपाल सरकारले आतंकवादको निन्दा गरिसकेको छ,’ उनले भने।

नेता महरले आतंकवादविरुद्ध नेपाल सधैँ एकवद्ध रहने बताएका छन्।

आतंकवाद एशियाको सबभन्दा ठूलो चुनौती भएकाले यसको अन्त्य गर्न सबैले मिलेर काम गर्ने उनको धारणा छ। ‘यति बेला द्वन्द्व बढ्न सक्ने खतरासमेत देखिएकोले नेपालले अब्बल कुटनीति प्रदर्शन गर्नु पर्ने समय आएको छ,’ महरले भने।

उनले छिमेकी मुलुकमा विकसित पछिल्ला घटनाक्रमको आँकलन गर्दै नेपालले सम्यम्ता नगुमाएर सफल कुटनीतिक रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका हुन्।

प्रतिक्रिया