चितवन । जङ्गली हात्तीको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको ज्यान गएको छ ।>
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार हात्तीको आक्रमणबाट खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका ७ मा बस्दै आएका ३५ वर्षीय सुरेश महतोको ज्यान गएको हो ।>
रत्ननगर ७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार जंगली हात्ती गोविन्देले आक्रमण गरेको थियो । महतोको घटनास्थलमै ज्यान गएको बताइएको छ ।>
चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।>>