मदिराको सुरमा तेजाब पिएका सुनसरी धरानका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।>
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक योगराज खतिवडाका अनुसार धरान ७ स्थित बगैचाटोलका करिब ४५ वर्षिय सरोज विकको उपचारका क्रममा दुईसातापछि आइतबार राति विराट शिक्षण अस्पतालमा मृत्युभएको हो।>
गत असार २३ गते आफ्नै घरमा राखेको तेजाब रक्सी खाएर घर पुगेका बिकले खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।>
घरमा सरसफाइ गर्न राखिएको तेजाब उनले पिएका थिए । त्यससंगै परिवारका सदस्यले उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गराएका थिए ।>
वीपीबाट आवश्यक थप उपचारका लागि बिरामी विकलाई बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।>
बिकको उपचारका क्रममा दुईसातापछि आइतबार राति मृत्यु भएको हो >>