जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइयो

Jasus Khabar 3959+ समाचार ( )
१३ अशोज २०८२

दसैँको सातौं दिन जनकपुरधामको राजदेवी मन्दिरसहित शक्तिपीठहरूमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ।

सोमबार राजदेवी मन्दिरसहितका शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको हो। सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधाम स्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ।

मिथिलाञ्चल क्षेत्रमा यसलाई ‘बेलतोरी’ भनिन्छ। जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निष्केको भक्तजनहरूको समूहले शक्तिपीठभन्दा नजिक रहेका बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको छ।

प्रतिक्रिया