दैलेखमा तीज कार्यक्रम हेर्न गएकी बालिकामाथि सामूहिक बालात्कार भएको घटना सार्वजनिक भएको छ ।>
साउन २२ गते चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको कार्यक्रम हेर्न गएकी एक बालिकामाथि दुई युवकले बलात्कार गरेका हुन् । साँझ कार्यक्रम हेरेर घर फर्किने क्रममा युवकहरूले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।>
बलात्कारमा संलग्न चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ४/५ जना किशोरीको समूह घर फर्कँदै गर्दा उनीहरूले पिछा गरेका थिए ।>
आफूहरूलाई पिछा गरेको सुईँको पाएका किशोरीहरू भाग्ने क्रममा युवकहरूले १२ वर्षीया बालिकालाई ढुंगाले हानेर घाइते बनाएर बलात्कार गरेका हुन् । अन्य किशोरीहरू भने भाग्न सफल भएका थिए ।>>