नयाँदिल्ली- कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी सोमबार राति भारत आइपुगेका छन् । नयाँ दिल्ली विमानस्थलमा उनको स्वागतका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् पुगेका छन् ।>
साउदी अरेबियामा अमेरिका र रसियाबीच वार्ता अघि बढिरहँदा छिमेकी कतारका राजा भने भारत यात्रामा निस्किएका हुन् । कतारले मध्यपूर्वमा जारी तनाव साम्य पार्न हमास र इजरायलबीच युद्धविरामका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो>
तर, रसिया-युक्रेन युद्धलाई निकास दिन दुई महाशक्तिहरू छिमेकी साउदी अरेबियामा भेट हुँदै गर्दा कतारका राजाले भरतको भ्रमण गरेका हुन्।>
कतारका राजालाई विमानस्थलमा स्वागत गरेपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा पनि प्रशंसासहित यात्रा फलदायी हुने बताएका छन् ।>
मेरा भाइ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागका लागि एयरपोर्ट गएको थिएँ । आशा छ, उनको भारत यात्रा सफल हुनेछ । मंगलबार हुने भेटवार्तालाई लिएर म उत्साहित छु ।’>
उता भारतका विदेश मन्त्री एस. जयशंकरले पनि एक्समा लेख्दै कतारका राजाको स्वागत गरेका छन् । ‘कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भारत यात्रामा आउनु भएको छ । मलाई भरोसा छ, प्रधानमन्त्री मोदीसँग हुन लागेको भेटवार्ताबाट दुवै देशबीचको मित्रतालाई अझ बलियो बनाउने छ ।’>
भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमाद अल थानी मंगलबार अपरान्ह स्वदेश फर्किनेछन् ।>
कतार र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना ७० को दशकमा भएको थियो । कतारले भारतमा आफ्नो दूतावासका लागि जनवरी १९७४ मा पहिलो चार्ज द अफेयर्सको नियुक्ति गरेको थियो । त्यसपछि मे १९७४ मा कतारले आफ्नो पहिलो राजदूत भारतका लागि नियुक्त गरेको थियो ।>>