गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

Jasus Khabar 3925+ समाचार ( )
२७ श्रावण २०८२

बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् ।  खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ । 

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन । 

प्रतिक्रिया

सम्बन्धित समाचार