दिल्लीको मुस्तफावाद क्षेत्रमा शुक्रबार राति करिब साढे २ बजे चार तले भवन भत्किँदा चार जनाको मृत्यु भएको छ। भग्नावशेषमा १० जनाभन्दा बढी फसेको हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ। >
एनडीआरएफ र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेको छ र उद्धार कार्य जारी छ।>
डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घटनाको पुष्टि गर्दै बिहान करिब ३ बजेतिर घर भत्किएको जानकारी प्राप्त भएको बताए। आफू घटनास्थलमा पुग्दा पूरै भवन भत्किएको र मानिसहरू भग्नावशेषमा फसेका उनले बताए। >
शुक्रबार राति दिल्लीको मौसम अचानक बदलिएर भारी वर्षा र आँधीबेहरी आएको थियो। हुरीकै कारणले गर्दा मुस्तफाबादमा भवन ढलेको जनाइएको छ।>>