अजमल अन्सारी>
सुनसरी । सुनसरीको ईटहरीमा गत २०८२ भदौ २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय ईटहरीको भवन, सवारी साधन तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, लुटपाट र सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्ने घटनामा संलग्न पाँच जना पक्राउ परेका छन्।>
प्राप्त भिडियो, फोटो तथा अन्य प्रमाणको आधारमा पहिचान भएका उनीहरुलाई इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।>
>
पक्राउ पर्नेमा ईटहरी उप-महानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, हाल ईटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री (साविक भोजपुर, याङपाङ-७), ईटहरी–५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, ईटहरी–८ का २४ वर्षीय आभाष कार्की र ईटहरी–४ का २४ वर्षीय सोनम कार्की रहेका प्रहरीले जनाएको छ।>
>
उनीहरुलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा मंसिर १० गते सम्मानित जिल्ला अदालत सुनसरीबाट ४ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>