नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले बिहबिार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।>
यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार गरिएको हो ।>
आईएसप्यानका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पठाएको छ, जसअनुसार ती सञ्जालहरू बन्द गरिँदैछ ।>
आईएसप्यानले भदौ १७ गते नै नेपाल सरकारलाई पत्र पठाएर आवश्यक तयारीको जानकारी गराइसकेको थियो । अब नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा ती सामाजिक सञ्जालहरू क्रमशः बन्द गरिनेछ ।>
संघले प्रयोगकर्ताहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै अन्य सामाजिक सञ्जालहरू भने यथावत रूपमा चलिरहेको जानकारी पनि दिएको छ ।>
आईएसप्यानका अध्यक्ष सुधिर पराजुलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा, ‘ग्राहक महानुभावहरूलाई हुने असुविधाका लागि क्षमाप्रार्थी छौं,’भन्ने उल्लेख छ ।>
बन्द गरिन लागिएका प्रमुख सामाजिक सञ्जालहरूः>
१. फेसबुक>
२. फेसबुक मेसिन्जर>
३. इन्स्टाग्राम>
४. युट्युब>
५. ह्वाट्सएप>
६. ट्वीटर (एक्स)>
७. लिंक्डइन>
८. स्न्यापच्याट>
९. रेडिट>
१०. डिस्कोर्ड>
११. पिन्टरेस्ट>
१२. सिग्नल>
१३. थ्रेड्स>
१४. विच्याट>
१५. क्वोरा>
१६. टमब्लर>
१७. क्लबहाउस>
१८. म्यास्टोडन>
१९. रम्बल>
२०. मिवी>
२१. भीके>
२२. आइएमओ>
२३. जÞालो>
२४. सोल>
२५. हाम्रो पात्रो ।>>