काठमाडौं, ११ बैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद प्रेम बहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटाला काण्डलाई विषयान्तर गर्न पछिल्लो समय भ्रष्टाचारीहरुले आफ्नो नाम जोडेर मिडियावाजी गरिरहेको टिप्पणी गरेका छन् । आफ्नो गल्ती गरेको भए प्रमाण पेश गर्न पनि उनले सार्वजनिक रुपमा चूनौति दिएका छन् ।>
पूर्व पर्यटनमन्त्री आलेले एक विज्ञप्ती निकालेर भनेका छन्,‘मैले गल्ती गरेको प्रमाणित भएमा जुनसुकै कारबाही भोग्न तयार छु । तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १५ अर्बभन्दा बढीको भ्रष्टाचार गर्ने ठूला तथा साना कुनैपनि माछालाई छोडिने छैन्, शरिरमा एक थोपा रगत रहुञ्जेलसम्म भ्रष्टाचारीहरुको पर्दाफास गरी कारबाहीको दायरामा ल्याउन लागि पर्नेछु ।’>
>
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको पिक्चर आउन बाँकी नै रहेको भन्दै त्यसमा पनि भ्रष्टाचार भएको संकेत गरेका छन् । सो क्रममा उनले धनगढी विमानस्थलको स्तरोन्नती हुनुपर्ने मत राखेका छन् । धनगढी विमानसथलको स्तरोन्नतीलाई जोडेर केही मान्छेले आफ्नो नामसमेत मुछेर कपोकल्पित, भ्रामक लाञ्छना लगाएको भन्दै त्यसको घोर निन्दा गरेका छन् ।>
>>