चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ ।
>
१३२ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।
>
विमानमा सवार १३२ जना यात्रुमध्ये ९ जना चालकदलका सदस्य रहेका छन् । बोइङ ७३७ पहाडी क्षेत्रमा आगलागीका कारण दुर्घटनामा परेको हुनसक्ने अन्तर्राष्ट्रिक्ष् संचारमाध्यमहरुले जनाएका छन् । यो दुर्घटना गुआङ्सी क्षेत्रमा भएको हो । विमान दुर्घटनापछि पहाडका आगोको ज्वाला पनि देखिएको छ । दुर्घटनाग्रस्त विमान चाइना इस्टर्न एयरलाइन्सको हो । सिन्ह्वाका अनुसार उद्वार टोलीहरू अहिले विमान दुर्घटना भएको ठाउँमा पुगेका छन् ।
>
दुर्घटनामा परेको विमान साढे ६ वर्ष पुरानो थियो । जहाजमा जम्मा १६२ सिट थियो । जसमा १२ बिजनेश क्लास र १५० अन्य सिटहरू रहेका छन् ।
>>