सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । >
आ.व. २०८०।८१ को वार्षिक बजेटका लागि असार १० गते शुभारम्भ भएको सो गाउँ सभाको १४औं अधिवेशन दफावार छलफल हुँदै वार्षिक बजेट पास गरिदै सम्पन्न भएको हो । >
अंसारी मियाँको सभाध्यक्षतामा सम्पन्न सो गाउँ सभाको १४ औं अधिवेशनमा उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , ७ वटै वडाका वडाध्यक्षहरु , वडासदस्यहरु , कार्यपालिका सदस्यहरु , वडा सचिवहरु , पत्रकारहरु लगायत बुद्धिजीवी समाजसेवीहरुको समेत सहभागिता रहेको थियो । सुनसरी क्षेत्र नं. ४ खका प्रदेश साँसद हाजी इसराइल मन्सुरीको विशेष उपस्थिति रहेको थियो ।असार १० गते शुभारम्भ गरिएको गाउँ सभाको १४ औं अधिवेशनमा पालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले आ.व. २०८०।०८१ का लागि करोड ५२ करोड १ लाख ७७ हजार आय व्यय प्रस्ताव गरेको छ जसमा व्यय तर्फ चालु खर्चमा रु.३२ करोड १ लाख ७७हजार र पुजिंगत तर्फ रु. २२ करोड गरि जम्मा रु। ५२ करोड १ लाख ७७ हजार व्यय प्रस्ताव गरिएको थियो ।हरिनगर गाउँपालिका गाउँ सभाको १४औ अधिवेशनले मनाेज कुमार राउतलाई कार्य पालिका सदस्यमा सर्वसहमतिले मनोनित गरेको छ >>