अजमल अन्सारी
>
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहास्थित श्री बालकृष्ण माध्यमिक विद्यालयले एसईई २०८१ मा विद्यालयले हासिल गरेको गुणात्मक सफलताको अवसरमा विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई टि–सर्ट हस्तान्तरण गरेको छ ।>
विद्यालयमा आयोजित एक कार्यक्रमबीच शिक्षक तथा शिक्षिकाहरुलाई टि–सर्ट वितरण गरिएको हो । कार्यक्रममा गाउपालिकाका शिक्षा शाखा प्रमुख बाबा ठाकुरी रिजालले विद्यालयले पछिल्ला वर्षहरूमा शिक्षाको गुणस्तरमा ल्याएको सुधार र एसईई परीक्षामा हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले शिक्षा क्षेत्रको विकासका लागि पालिकाबाट आवश्यक सहयोग तथा समन्वय गरिने स्पष्ट पारे ।>
त्यसैगरी विद्यालयका प्रधानाध्यापक नजामुद्दीन अन्सारीले एसईई २०८१ मा विद्यालयले ल्याएको उत्कृष्ट नतिजा विद्यालय परिवारको साझा प्रयासको उपज भएको उल्लेख गर्दै शिक्षक–शिक्षिकाको योगदानको प्रशंसा गरे । उनले भने, “शिक्षकहरूको परिश्रम र विद्यार्थीको लगावकै कारण आज विद्यालयको छवि दिनप्रतिदिन माथि उठेको छ ।”>
कार्यक्रममा हरिनगर गाउँपालिकाका कार्यपालिका सदस्य सुशील कुमार ठाकुर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रवीण गुप्ता, शिक्षक–शिक्षिका र विद्यार्थी समेत उपस्थिति रहेको थियो ।>
>>