इजरायलले सोमबार बिहान इरानको पश्चिमी सहर केरमानशाहमा रहेको सैन्य संरचनालाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ।>
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का अनुसार इजरायलले तेहरानको दक्षिण–पूर्वमा रहेको ठूलो सैन्य कम्प्लेक्स पारचिनमा हवाई हमला गरेको हो। आक्रमण इरानका सैन्य पूर्वाधारहरू नष्ट गर्ने उद्देश्यले गरिएको आईडीएफले जनाएको छ। >
सोही दिन इरानले पनि इजरायलमाथि मिसाइल प्रहार गरेको थियो। जसलाई इजरायली हवाई सुरक्षा प्रणालीले मार्गमै रोक्न सफल भएको थियो। छिल्लो समय इरान–इजरायल बीचको तनाव थप चर्किएको छ।>
>>>>>