अजमल अन्सारी>
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ यादव टोलमा एक युवकले गाईगोठमा पासो लगाएर ज्यान दिएका छन्। बुधबार राति करिब १० बजे २६ वर्षीय लक्ष्मण यादवले आफ्नै घर नजिक रहेको गोठभित्र पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।>
प्रहरीका अनुसार घटनाको समय यादवको घरमा कोही पनि थिएन। सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक अशोक कोईरालाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।>
>
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा विशेष टोली र फरेन्सिक टोली (SOCO) आज बिहान खटिने तयारी गरिएको प्रहरीले जनाएको छ।>
>
घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>