ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ।
महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ।>
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए।>
‘बुद्धिविकास मंगल र क्षयरोग निवारण संस्था ललितपुर जिल्ला कार्यसमितिका दुईवटा भवनहरू जुन ठाउँमा थिए, त्यो हाम्रो डीपीआर गरिएको कार्यक्षेत्रभित्र पर्दछ,’उनले भने, ‘त्यसैले यी भवनहरू हटाउनु आवश्यक भयो।’>
उनका अनुसार यसअघि नै सोही क्षेत्रमा पर्ने वडा नं. ५ को वडा समितिको भवन र अन्य पसलहरू पनि हटाइएको थियो। ‘हामीले त्यस क्षेत्रका सबै संरचनाहरू विधि पूर्वक हटाएका हौं। यी दुई भवन पनि कानुनी प्रक्रिया पूरा गरेर हटाइएको हो,’ उनले भने।>
महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो। सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो।>
>
>
>
>
>
>
>
>
>
>>