टिङ्कर खोलाको बाढीले तीनवटा काठेपुल बगायो, टिङ्कर गाउँसँगको सडक सम्पर्कविच्छेद

Jasus Khabar 3958+ समाचार ( )
२९ श्रावण २०८२

टिङ्कर खोलाको बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगेपछि टिङ्कर गाउँसँगको सडक सम्पर्कविच्छेद भएको छ ।

टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका– १ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए ।

टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए । बाढीबाट गाउँमा कुनै क्षति नभएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  प्रकाश दाहालले बताए ।

उनले भने, ‘टिङ्कर सीमा प्रहरी चौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिङ्करबाट प्रहरी परिचालन भएका छन् ।’

छाङ्गरुदेखि टिङ्करसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार