काठमाडौं। नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी भएका छन्।>
सोमबार भएको निर्वाचनमा विपक्षी नेविसङ्घका मोहम्मद प्रवेजलाई पराजित गर्दै उनी सभापतिमा विजयी भएका हुन्। समिरले ८७१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी प्रवेजले ७५७ मत पाए।>
त्यस्तै सचिवमा नेविसंघका ८२९ मत सहित मनमोहन भट्ट विजयी भएका छन्। कोषाध्यक्षमा पनि नेविसंघकै विधिशा मिश्रा ८६४ मतसहित विजयी भएकी छन्।>
>>