निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका ४ सांसद उच्च अदालत पाटनमा

Jasus Khabar 1+ समाचार ( )
१४ श्रावण २०८०

निर्वाचन आयोगको निर्णयविरुद्ध आज रास्वपाका ४ सांसदहरुले उच्च अदालत पाटनमा रिट हालेका हुन् ।

तोकिएको समयभित्रमा निर्वाचन खर्च नबुझाउने उम्मेद्वारविरुद्ध १५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट परेको छ ।

आज  रास्वपाका सांसदहरु सोविता गौतम,विराजभक्त श्रेष्ठ, गणेश पराजुली र शिशिर खनालले उच्च अदालतमा रिट दर्ता गरेका हुन् । आम निर्वाचन २०७९ मा गौतम काठमाडौं २, श्रेष्ठ काठमाडौं ८, पराजुली काठमाडौं ७ र खनाल काठमाडौं ६ बाट निर्वाचित भएका थिए ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २ हजार ४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो।


प्रतिक्रिया