अजमल अन्सारी>
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागु ओैषध ब्राउन सुगर सहित एकैदिन ५ जनालाई पक्राउ गरिएको छ । सुनसरीको कोशी गाउँपालिका-१ भन्सार कार्यालयस्थित बाट चेकजाँच गर्ने क्रममा ब्राउन सुगर सहित ५ जना पक्राउ परेको हो ।>
लागू ओैषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय लाैकहीबाट खटिएको संयुक्त टोलिले प्रतिबन्धित लागु ओैषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।>
>
पक्राउ पर्नेमा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ बस्ने वर्ष २७ को राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- ६ चिरौली चोक बस्ने वर्ष २० को अनोज कुमार उँराव, सुनसरीको ईटहरी उप-महानगरपालिका-१७ भाटभटेनि बस्ने वर्ष २० को मो. समिर खान र सोही ठाँउ बस्ने वर्ष २० को राजेश पुरी मध्ये मो. समिर खान र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ चिरौली चोक बस्ने वर्ष २५ को रुपेश कुमार यादव रहेका छन् ।>
>
पक्राउ परेकाहरुको शरीरबाट जम्मा ९.६८ ग्राम ब्राउन सुगर फेला परेका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत बिहिवार पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन ११ जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको थियोे । >
>