अपडेट : सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत

Jasus Khabar 3925+ समाचार ( )
८ भाद्र २०८२

सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको छ। माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ। सदरमुकाम गौर २ महादेव पट्टीमा डेरा गरेर बसेकी साह ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्केकी थिइन्। 

बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गर्न सकेको थिएन। शनिवार राति सडक पेटीमा सुटकेस डोरीले बाँधिएको अवस्थामा १० बजे फेला परेको थियो। आज जिप्रका रौतहटको अनुसन्धान टोलीले बिहान सुटकेस खोल्दा महिलाको हत्या गरेर शव राखिएको भेटिएको थियो।

मृतक रुबी रौतहटको माधवनारायण नगरपालिका-६, रक्सा टोलमा बस्ने साधु शरण साहका ३५ वर्षीय छोरा शिव सागर साहकी श्रीमती हुन्। उनका बाबु राम विनोद साह सुडी भारतको बिहार, मुजफ्फरपुरबाट बसाइ सरेर रौतहट आएका थिए।

सुटकेसमा शव भेटिएको हल्ला चलेपछि उनकी आमा मिथिलेश देवीले शनिवार दिउँसोदेखि हराएकी छोरीको शव रहेको बताएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक रुद्र कँडेलले बताए। सुटकेसमा भेटिएको शवको सनाखत भएको प्रतिक्रिया दिँदै प्रहरी निरीक्षक कँडेलले अनुसन्धान भइरहेको र घटनाको चाँडै पत्ता लाग्ने बताए।

प्रतिक्रिया