दैलेखका लेखा अधिकृत एक लाख घुससहित सुर्खेतबाट पक्राउ

Jasus Khabar 3959+ समाचार ( )
३ अशोज २०८२

 दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक बहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कार्कीले सडक स्तरोन्नति सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख घुस मागेका थिए।

सेवाग्राहीले उजुरी गरेका आधारमा अख्तियारले निगरानी राखेर कार्कीलाई उक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका कार्कीविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।


प्रतिक्रिया

सम्बन्धित समाचार