दुहबी बजारमा संयुक्त अनुगमन: मोबाइल ल्याब प्रयोग गरी खाद्य पदार्थको गुणस्तर परीक्षण

Jasus Khabar 3925+ समाचार ( )
११ आषाढ २०८२

सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरी, दुहबी नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त टोलीले आज दुहबी बजार क्षेत्रमा अनुगमन गरेको छ।


अनुगमनका क्रममा बजारमा बिक्री वितरण भइरहेका खाद्य सामग्रीको शुद्धता र म्यादको अवस्था परीक्षण गरिएको छ। विशेषतः सुनसरीमा पहिलोपटक ल्याव जडित मोबाइल भ्यानको प्रयोग गरी अनुगमन स्थलमै खाद्य सामग्रीको गुणस्तर परीक्षण गरिएको हो।


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरबाट खटिएको टोलीले बजारमा रहेका विभिन्न खाद्य वस्तुको नमुना संकलन गरी सोही भ्यानमा परीक्षण गरेको छ। परीक्षणबाट म्याद गुज्रेका र अखाद्य वस्तु समेत फेला परेको जनाइएको छ।


जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बजार अनुगमनलाई थप कडा बनाइने र नियमित रूपमा मोबाइल ल्याब सहित बजार निगरानी गरिने जनाइएको छ।


अनुगमन टोलीमा दुहबी नगरपालिकाका अधिकारी, खाद्य निरीक्षक, प्रहरी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया