जम्मू–काश्मिरमा आतंकवादी हमलामा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि गरियो

Jasus Khabar 3925+ समाचार ( )
११ वैशाख २०८२

: भारतको जम्मू–काश्मिरको पाहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणीमा अन्त्येष्टि गरिएको छ । 

मंगलबार आतंककारीहरूको आक्रमणमा मृत्यु भएका बुटवल–११, कालिकानगरका सुदीप न्यौपानेको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउ ल्याइएको थियो । त्यहाँबाट नेपाल भारतको सीमा सुनौली हुँदै बुटवलसम्म शव ल्याइएको हो ।

निवासमा केहिबेर राखेपछि अन्त्येष्टिका लागि न्यौपानेको शव त्रिवेणीमा पुराइएको थियो । सुदीप आमा, बहिनी र ज्वाईंसहित घुम्न कश्मीर गएका थिए । 

सो क्रममा आतंकवादी आक्रमणमा परी न्यौपानेसहित २७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया