भारतीय अभिनेता रावको निधन

Jasus Khabar 3925+ समाचार ( )
२९ आषाढ २०८२

वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको आइतबार निधन भएको छ।

८३ वर्षीय राव केही दिनदेखि बिरामी थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार रावले चार दशकभन्दा बढीको करियरमा ७ सय ५० भन्दा बढी सिनेमामा अभिनय गरेका छन्।

रावले तमिलका अतिरिक्त विभिन्न भाषाका सिनेमामा पनि काम गरेका छन्।

उनको निधनमा तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य  नेताहरूले शोक व्यक्त गरेका छन्। राव विधायक पनि भइसकेका थिए। उनी पद्मश्री पुरस्कारबाट सम्मानित भइसकेका छन्।

प्रतिक्रिया