काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डाक्टर अबूल हुसैन अन्सारीले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्।>
अन्सारीले 'मुस्लिम' समुदाय हो र 'इस्लाम' धर्म हो भन्नेबारे ज्ञान लिन शाहीलाई सुझाव दिँदै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले विदेशबारे बोल्ने हक मुस्लिम आयोगले राख्छ? कुन आयोग कुन प्रयोजन र कुन उद्देश्यले गठन गरिएको हो थाहा छ? आदिवासी/थारू/दलित/मधेशी कुन-कुन धर्मका धार्मिक आयोग हुन्? भन्दै प्रश्न गरे। शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै अन्सारीले नेपाली नागरिक मारिँदा कुन नेपालका मुस्लिमले विरोध गरेनन् भनेर जवाफ समेत माग गरेका छन्।>
भारतका अधिकांश मुसलमानले पाकिस्तानलाई सबक सिकाउ भनेको कुरा उल्लेख गर्दै अन्सारीले हिन्दूको रक्षा गर्दा काश्मिरका मुस्लिम युवा पनि मारिएको दाबी गरे। उनले शाहीलाई भ्रम र द्वन्द्व फैलाउने अभिव्यक्ति नदिन आग्रह समेत गरे।>
राप्रपाका प्रमुख सचेतक शाहीले बिहीबार भारतको कश्मिरमा नेपाली मारिँदा पनि मौन रहने संवैधानिक आयोगको कुनै काम नभएको टिप्पणी गर्दै स्टाटस लेखेका थिए। उनले जुनसुकै बहानामा पनि नेपालीको हत्या हुनु दुखद भएको बताउँदै आफू यस्तो हत्याका विरुद्ध सदैव उभिरहने शाहीले जिकिर गरेका थिए।>
मुस्लिम समुदायको सांस्कृतिक धरोहर संरक्षण एवं सम्वर्द्धन सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई र यस विषयमा सभामुखसमक्ष ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। ध्यानाकर्षण पत्रमा अन्सारीले प्रतिनिधिसभाका सदस्य शाहीले दिएको अभिव्यक्ति अखण्ड नेपालको ऐतिहासिक धरातललाई धूमिल पार्ने र संविधानले अपनाएको समानता स्वतन्त्रता स्वाधीनता धर्म निरपेक्षता जस्ता मुलभूत मापदण्ड विपरीत अभिव्यक्ति भएकोले उनलाई सचेत गराई संविधान प्रदत्त कारबाही अगाडि बढाउन माग गरेको छन्। >
साथै उनले पछिल्लो समय सामाजिक सद्भाव बिथोल्ने, समाजमा विकृति विसंगती मौलाउने, समाजको शान्ति सद्भाव र भाइचारा भंग गर्ने, सांस्कृतिक धरोहरहरूको कुप्रचार, समाजिक सञ्जालमा विशेष धर्म समुदायबारे मिथ्या र झुठा समाचार, अनर्गल अभिव्यक्ति र स्टाटस लेख्ने, मुलुकको शान्ति सुरक्षा खल्बल्याउने जस्ता तत्वहरू बढ्दै गएका बताउँदै यस्ता तत्वको पहिचान गरी समाजिक अन्तरघुलन गराउने, सांस्कृतिक धरोहरहरूको महत्व दर्शाउने, सद्भाव र सहिष्णुताको पाठ सिकाउने जस्ता विषय क्षेत्रमा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालय मार्फत नेपाल सरकारसँग देशव्यापी अभियान संचालन गर्न विशेष माग गरेका छन्।>>