इस्टर पर्व सकिएसँगै पुनः सुरु भयो रसिया-युक्रेन भिडन्त

Jasus Khabar 3925+ समाचार ( )
८ वैशाख २०८२

रुस र युक्रेनबीचको युद्ध विराम भंग भएको छ। ‘इस्टर’ पर्वको उपलक्ष्यमा रसियाले युद्ध विराम सुरु गरेको थियो।

निर्धारित समय सकिएसँगै एक-अर्काले युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार ३० घण्टे युद्ध विराम गरेका थिए। अब युद्ध समाप्त भइसकेसँगै त्यसको उल्लंघन गरेको भन्दै युक्रेन र रूस दुबैले एकअर्कालाई दोषारोपण गर्दै आक्रमण सुरु गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेंस्कीले आइतबारदेखि मात्रै रूसी सेनाले युद्धविरामको करिब ३,००० पटक उल्लंघन गरेको दाबी गरेका छन्।

त्यसैगरी, रूसी रक्षा मन्त्रालयले युक्रेनी आक्रमणहको जवाफि आक्रमण गरेको भन्दै किभले सयौँ ड्रोनहरु प्रहार गरेको आरोप लगाएको छ।

यद्यपि यी दुवै पक्षका दाबीहरूको भने स्वतन्त्र पुष्टि भएको छैन्। यसैबीच, युद्ध अन्त्यका लागि प्रयासरत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूस र युक्रेनबीच सहमति हुन सक्ने विश्वास ब्यक्त गरेका छन्।

तर उनले कसरी र के आधारमा सम्झौता हुने हो भन्ने बारेमा प्रस्ट खुलाएका छैनन्। रूसले २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण रुपमा आक्रमण सुरु गरेयता युक्रेनको करिब २० प्रतिशत भू-भाग नियन्त्रणमा लिएको छ।

जसमा २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि रहेको छ। २०२२ यता दुबै पक्षका हजारौं मानिसहरू मारिएका छन् जसमा अधिकांश सैनिकहरू रहेको जनाइएको छ।

गत महिना, रूसले पूर्ण र बिना सर्त युद्धविरामका लागि युद्ध सुरु हुनु अघिकै मागहरूको लामो सर्तहरूको सूची प्रस्तुत गरेको थियो।

प्रतिक्रिया