राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा रुपन्देही– ३ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया जारी छ ।>
रास्वपाले उम्मेवदवारका लागि निवेदन दिएर ‘सर्ट लिस्ट’मा परेका ९ जनासँग निरन्तर छलफल गरिरहेको छ । सो छलफल आज पनि जारी छ । रास्वपाले ९ जना आकांक्षी (निवेदकहरू)सँग भैरहवास्थित रामादा होटलमा ‘क्यान्डिडेट बेन्च’मा छलफल गर्दै छ ।>
छलफलका लागि सबै आकांक्षी भैरहवा आइपुगेका छन् । उनीहरूसँग छलफलका लागि सह–महामन्त्री विपिन आचार्य, पार्टी प्रवक्ता एवं सांसद मनिष झा, सांसद शिशिर खनाल र चन्दा कार्की रुपन्देहीमै छन् ।>
आज ९ आकांक्षीसँग पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ‘वान टु वान’ वार्ता गर्ने कार्यक्रम रहेको रास्वापले जनाएको छ ।>
निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन् भन्ने बुझ्न रास्वपाले उनीहरूसँग छलफल गर्न लागेको हो ।>>