सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा राजनीतिले नयाँ मोड लिएको छ। युवा पुस्ताको भरोसा र परिवर्तनको प्रतीकका रूपमा चिनिँदै आएका मोहम्मद जियाउल रहमानलाई उक्त क्षेत्रबाट एकल युवा उम्मेदवारका रूपमा औपचारिक सिफारिस गरिएको छ।>
>
लामो समयदेखि पार्टी संगठन, सामाजिक सेवा तथा जनसरोकारका विषयमा सक्रिय रहँदै आएका रहमानलाई सिफारिस गरिनुलाई युवा, ऊर्जाशील र जनतासँग जोडिएको नेतृत्वलाई अघि सार्ने नेकपा (एमाले) को स्पष्ट संकेत का रूपमा लिइएको छ। पार्टीभित्र र बाहिर यस निर्णयले सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ। पार्टी संगठन निर्माण, जनसम्पर्क विस्तार तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका रहमान अनुशासित, इमानदार र जनतासँग नजिक रहने नेता का रूपमा परिचित छन्।>
>
नेकपा (एमाले) सप्तरी जिल्ला कमिटीले दिएको जिम्मेवारीअनुसार रहमानले नेपाल मुस्लिम इत्तेहाद संगठनको तेस्रो सप्तरी जिल्ला अधिवेशन सह–संयोजकको भूमिकामा रही अधिवेशन भव्य रूपमा सम्पन्न गरेका थिए। साथै, उनले राष्ट्रिय युवा संघ नेपालका विभिन्न तहमा रहेर संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।>
>
सिफारिसपछि प्रतिक्रिया दिँदै मोहम्मद जियाउल रहमानले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै भने,>
“नेकपा (एमाले) जिल्ला कमिटीले मप्रति देखाउनुभएको विश्वास मेरो लागि ठूलो जिम्मेवारी हो। यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, क्षेत्र नं. २ का सम्पूर्ण युवाहरूको आशा र विश्वास, जनताको अपेक्षा तथा पार्टीको भरोसा हो। अवसर प्राप्त भएमा जनताको हक–हित, विकास र सुशासनका लागि इमानदार, पारदर्शी र विकासमुखी राजनीति गर्दै निष्ठापूर्वक काम गर्नेछु।”>
>
आगामी २०८२ साल फागुन २१ गते हुने संघीय प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी, सप्तरीबाट सिफारिस हुनु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिन्छ।>>