सिरहाको औरही गाउँपालिका वडा नं. ५ मा डोम समुदायको एक घर भत्काएका गाउँपालिका अध्यक्ष शिवजी यादव र यज्ञ आयोजन गर्न लागेका बाबा गाउँ छाडेर फरार भएका छन् । >
विभिन्न सँचारमाध्यममा समाचार प्रकाशित भएपछि एक्सनमा आएका प्रशासनले गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरँगी बाबालाई पक्राउ गर्नको लागि गएका थिए । उनीहरु प्रशासन आउनु अगाडी नै फरार भएको बताईएको छ । >
घटनास्थल पुगेका न्यूज ब्यूरोका सँचारकर्मी सबिन यादवले प्रशासन पुग्न अगावै तीनै जना गाउँ छाडेर भागेको बताए । यज्ञ गर्नको लागि स्थानीय एक डोम समुदायको घर भत्काएको र छुवाछुत गरेको आरोप उनीहरुमाथि छ । >
>
यही चैत्त १७ गतेदेखि आयोजना गर्न लागिएको विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम) को घर भत्काएर हटाइएको छ । >
>
महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर मरिकको घर भत्काउन लगाएका थिए ।>
>
मरिकको घर मात्र भत्काइएन अपितु अछुतले छोएको माटो भनेर दीपक मरिकको घरले चर्चेको स्थानको दुई फिट माटो खनेर समेत फालिएको खवर सँचारमाध्यमहरुमा आएपछि कारवाहीको लागि आवाज उठेको थियो । >
>
तीनै जनामाथि छुवाछुत विरुद्ध किटानी जाहेरी दिने तयारी रहेको बताईएको छ >>