पाकिस्तानमा करिब पाँच सय यात्रु सवार रेल बन्दुकधारीहरुले नियन्त्रणमा लिएका छन्। क्वेत्ताबाट पेशावर जाँदै गरेको जफर एक्सप्रेस रेल मंगलबार दिउँसो बलोचस्थानमा अपहरणमा परेको हो। रेल अपहरण भएको स्थानमा गोली हानाहानको आवाज सुनिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले बताएका छन्। बलोच लिबरेशन आर्मीले त्यसरी रेल नियन्त्रणमा लिएको बताइएको छ। >
पाकिस्तानी सरकारले अपहरणमा परेको रेल मुक्त गर्न सुरक्षाकर्मीहरू खटाएको छ । टनेलमा रोकेर हतियारधारीले रेल नियन्त्रणमा लिएका हुन्। >
बलोचस्थान पाकिस्तानको अत्याधिक आतंकवादी गतिविधि हुँदै आएको क्षेत्र पर्दछ>>