इनरुवा । सुनसरी प्रहरीले सवारी दुर्घटनासम्बन्धी मुद्दामा संलग्न इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाको खोजी तीव्र पारेको जनाएको छ। थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनी हालसम्म सम्पर्कविहीन रहेका छन्।>
प्रहरीका अनुसार थापाको मोबाइल फोन अफ रहेको छ र उनी घर तथा आसपासका क्षेत्रमा समेत भेटिएका छैनन्। घटनापछि प्रहरीले विभिन्न स्थानमा खोजी टोली परिचालन गरेको जनाएको छ।>
एक प्रहरी स्रोतका अनुसार, “सुमन थापा सम्पर्कमा नआई तर्किन खोजिरहेका छन् भने उनको नाम फरार सूचीमा समावेश गर्ने तयारी भइरहेको छ,” भने।>
>
सवारी दुर्घटनामा परेका एक व्यक्ति गम्भीर घाइते भई अङ्गभङ्ग भएका छन्। यसबीच स्थानीयवासीहरूले वडाध्यक्ष थापालाई कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्।>>