कैलालीमा सुत्केरीको रहस्यमय मृत्यु, नवजात शिशु जीवित

Jasus Khabar 3958+ समाचार ( )
६ आषाढ २०८२

गौरीगंगा नगरपालिका-७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छन्। स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलाए।

नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी छन्। उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवित भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

प्रतिक्रिया