>
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलबाट क्विन्टल बढी सुन भित्राउने प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतोको आशंका गरेका छन् ।>
आज देखि शुरु भएको लुम्बिनी प्रदेशका सबै तहका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले नैतिक जिम्मेवारी नलिएसम्म आफूहरूले यो विषयलाई सेलाउन नदिने बताए ।
>
‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन, एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो, यो सेटिङबिना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ’ उनले भने ।
>
अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सय किलो सुन विना सुइँको छिर्नु चानचुने कुरा नभएको उनको भनाई थियो । एयरपोर्टजस्तो ठाउँमा सुन तस्कर हुनु शंकास्पद रहेको भन्दै अध्यक्ष ओलीले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्ट जस्तो संवेदनशील क्षेत्रमा सय किलो सुन निकासा हुनु राज्यको संलग्नता देखिएको जिकिर गरे ।
>
ओलीले यो घटनाले वर्तमान सरकार भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको र सरकार सुशासनको पक्षमा नरहेको प्रष्ट हुनेअध्यक्ष ओलीले बताए । एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्नु हुन्न आफू बदनाम हुनु भनेको पार्टी बदनाम हुनु हो’ उनले भने ।>
अध्यक्ष ओलीले संस्थाको हितमा काम गरेर बेरूजु नलाग्ने गरी काम गर्न आग्रह गरे । एमाले पार्टीको मिसन ८४ लाई कसरी सफल बनाउने तिर ध्यान दिन उनले सबै तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिए ।>
मिसन ८४ लाई लक्षित गरी ८४ सम्मको योजनाबद्ध तरिकाले जनतामुखी समाजसेवामा खट्न उनले आग्रह गरे । अध्यक्ष ओलीले कुनैपनि काम गर्दा सबै प्रक्रिया पुगेको छ या छैन भन्नेबारे बेरूजु, अनियमितता समेत ख्याल गरी सतर्क रहन सुझाव दिए ।
>
२ दिन चल्ने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका तीनै तहका ५ सय जनप्रतिनिधिहरूको सहभागिता रहेको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । प्रशिक्षणमा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिव गोकर्ण विष्टलगायतका नेताहरू सहभागी छन् ।
>>