तनहुँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।>
शुक्रबार साँझ ६ बजे तनहुँको म्याग्दे गाउँपालिका ३ स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पोखराबाट दमौली आउँदै गरेको ग १ ख २९४१ नम्बरको हाइस गाडीले विपरित दिशाबाट आउँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार तनहुँको म्याग्दे गाउँपालिका(७ बाँसस्वाराका ५५ वर्षीय गंगाबहादुर बरालीको मृत्यु भएको हो।
>
तनहुँका डिएसपी मोहनबहादुर खाँणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बरालीको जिल्ला अस्पताल दमौली तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो।
>
मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।मोटरसाइकलका चालक सोही स्थानका १९ वर्षीय विशाल बराली घाइते रहेका र उनको उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।>
>>