स्कटल्याण्डबाट स्वदेश फर्किंदै नेपाली क्रिकेट टोली

Jasus Khabar 3925+ समाचार ( )
८ आषाढ २०८२

 नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्याण्डबाट स्वदेश फर्किने भएको छ । आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोली अपरान्ह्र स्वदेश फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्याण्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न टोली स्कटल्याण्ड गएको थियो ।

नेपाल सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो ।

यस्तै, तेस्रो खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको नेपाली टोली अन्तिम खेलमा स्कटल्याण्डसँग ३४ रनले पराजित भएको थियो ।

सिरिजमा नेपाल, नेदरल्याण्ड्स, स्कटल्याण्डको समान ४–४ अंक हुँदा पनि नेट रनरेटको आधारमा सिरिज स्कटल्याण्डले जितेको थियो ।

प्रतिक्रिया