सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका-२ स्थित भानुचोकबाट पिकेट ड्युटीमा खटिएको प्रहरी टोलीले एक जनालाई लागूपदार्थसहित पक्राउ गरेको छ।>
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी सहायक निरीक्षक (प्रसह) टिका प्रसाद दाहालको टोलीले शंका लागेर चेकजाँच गर्दा निराजन बस्ती बस्ने ३० वर्षीय भरत रसाइलीको साथबाट लागूपदार्थ फेला परेको हो।>
>
चेकजाँचका क्रममा रसाइलीको गोजीमा लुकाएर राखिएको ९ एम्पुल फेनरागन, ९ एम्पुल एभिल, ९ एम्पुल डाइजेपाम र ९ एम्पुल लुपिजेसिक गरी जम्मा ३६ एम्पुल लागूपदार्थ बरामद गरिएको प्रहरीको भनाइ छ।>
>
पक्राउ परेका रसाइलीलाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले लागूपदार्थ ओसारपसार र कारोबारलाई नियन्त्रण गर्न नियमित रुपमा चेकजाँच तीव्र पारिएको जानकारी दिएको छ।>
>