भारतको गोरखपुरमा बर्ड फ्लूबाट बघिनीको मृत्यु, चिडियाखाना ७ दिनका लागि बन्द

Jasus Khabar 3958+ समाचार ( )
१ जेठ २०८२

गोरखपुर चिडियाखानामा बघिनीको मृत्यु भएको छ। भिसेरा परीक्षणपछि मृत्युको कारण बर्ड फ्लू भएको पत्ता लाग्यो।

प्रमुख वन्यजन्तु संरक्षक अनुराधा वेमुरीका अनुसार गोरखपुर, लखनऊ र कानपुरका प्राणी उद्यानहरू र इटावाको सिंह सफारी एक हप्ताको लागि बन्द रहनेछन्।

सरकारले सबै वन्यजन्तु आरक्षहरूमा सतर्कता अपनाउन निर्देशन जारी गरेको छ।

मार्च ३० पछि गोरखपुरमा भएको यो चौथो घटना हो। यसअघि बहराइचबाट उद्धार गरिएको बाघ, पोथी चितुवा र ब्वाँसोको मृत्यु भएको थियो।

चिडियाखानामा काम गर्ने कर्मचारीहरूबाट पनि नमूना लिइएको छ।

त्यस्तै उत्तर प्रदेश सरकारको निर्देशनमा सबै चिडियाखानाहरू एक हप्ताको लागि बन्द गरिएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मंगलबार यस विषयमा बैठक गरेका छन्।

यस बैठकमा मुख्यमन्त्रीले चिडियाखाना परिसरलाई नियमित रूपमा सरसफाइ गर्न, सबै वन्यजन्तु र चराचुरुङ्गीको जाँच गर्न र उनीहरूको आहारको राम्रोसँग जाँच गर्न निर्देशन दिएका छन्।

सरकारले राज्यका सबै कुखुरा फार्महरूको मापदण्ड अनुसार कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया