एलपि ग्याँस विक्रेता संघ मोरङको अधिवेशन तथा साधारण सभा सम्पन्न

Jasus Khabar 1+ समाचार ( )
२८ श्रावण २०८०

एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एलपि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा , प्रदेश अध्यक्ष सरल राज पोखरेल ,पूर्व केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष बिरेन्द्र कार्की ,पूर्व जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारी,सल्लाहकार ज्ञानेन्द्र ओली,सल्लाहकार सन्तोष रौनियार ,सल्लाहकार मणिलाल श्रेष्ठ ,सल्लाहकार प्रदीप खनाल,पुर्व केन्द्रीय सदस्य राजेश निरौला लगायतको सहभागिता रहेको थियो ।

मोरङ्ग जिल्ला अध्यक्ष गणेश कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक सुनिल बोहोराले गरेका थिए । संघका मोरङ अध्यक्ष गणेश कुमार साहले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता सिग्देल भट्टराईले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा एल।पि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापाले ग्यास डिलर प्रमाणीकरण ,लागतको हिसाबले कमिसन वृद्धि हुनुपर्नेमा जोड दिएको बताए । उनले नेपाल आयल निगम ,आफुर्ती मन्त्रालयमा यसका लागि आवश्यक पहल गरिरहेको जानकारी दिए । उपभोक्ता सचेतना कार्यक्रमको लागि काम गर्न पनि उनले आग्रह गरे ।

यस्तै सुनिल बोहोराको नेतृत्वमा २२ सदस्यीय कार्यसमिती चयन भएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ ,प्रथम उपाध्यक्ष कल्पना गौतम, द्वितीय उपाध्यक्ष सुधिर यादव, तृतीय उपाध्यक्ष रामकृष्ण खड्का, सचिव बेदेन्द्र श्रेष्ठ ,सहसचिवमा लक्ष्मी दाहाल, कोषाध्यक्षमा प्रभा घिमिरे तिम्सिना तथा सदस्यहरु दिलिप अग्रवाल ,रमेश खड्का,आनन्द राज भण्डारी ,बिष्णु प्रसाद भण्डारी ,गौरी गुप्ता ,हरिराज प्याकुरेल ,नन्द कुमार दाहाल,मोति बहादुर मगर,मोहन प्रसाद दाहाल,धारणा खनाल  ,जितराज घिमिरे ,गोपाल बस्नेत रहेका छन् ।


प्रतिक्रिया